काठमाडौं। दुई दिने भ्रमणको लागि बेलायती प्रधानमन्त्री बोरिस जोन्सन भारत पुगेका छन्।
बीबीसीहिन्दीका अनुसार जोन्सन बिहीबार अहमदाबादको विमानस्थलमा अवतरण गरेका हुन्।
गुजरातका मुख्यमन्त्री भुपेन्द्र पटेल र राज्यपाल आचार्य देवव्रतले विमानस्थलमा स्वागत गरे।
विमानस्थलदेखि चार किलोमिटर परसम्म जोन्सनलाई धुमधामका साथ स्वागत गरिएको थियो।
जोन्सन अहमदाबादको साबरमती आश्रममा पुगेर चर्खा समेत चलाएका थिए।
(भिडिओ)
#WATCH | Prime Minister of the United Kingdom Boris Johnson visits Sabarmati Ashram, tries his hands on ‘charkha’ pic.twitter.com/6RTCpyce3k
— ANI (@ANI) April 21, 2022