काठमाडौं । सरकारले राष्ट्रियसभाको निर्वाचन माघ ९ गते गर्ने भएको छ । बिहिबार मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्दै सूचना तथा संचारमन्त्रीले गोकुल बाँस्कोटाले राष्ट्रियसभा निर्वाचन बारे जानकारी गराउनु भएको हो ।
राष्ट्रियसभाका नेकपाका ८, कांग्रेसका ७ र राजपाका २, समाजवादीका एकजना र सरकारबाट मनोनित एकजना गरी १९ सांसदको दुईवर्षे कार्यकाल फागुन २१ मा सकिँदैछ ।
संविधानअनुसार सदस्य पद रिक्त हुनुभन्दा ३५ दिनअघि निर्वाचन भइसक्नुपर्छ । सोहीअनुसार सरकारले माघ ९ गते चुनाव घोषणा गरेको हो ।