पृथ्वी नारायण शाहको शालिकलाई आङकाजी शेर्पाले देखाए माझी औंला, चौतर्फी विरोध…

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहिबार  ११ : ०६


काठमाडौं। जनजाति महासंघका पूर्व महासचिव आङकाजी शेर्पाले नेपाल एकीकरणका नायकको रुपमा परिचित पूर्व राजा पृथ्वी नारायण शाहको शालिकलाई माझी औला देखाएका छन्।

उनले आफ्नो फेसबुकमा त्यस्तो फोटो पोस्ट गरेपछि चर्को विरोध खेपिरहेका छन्। सिन्धुलीगढी पुगेर पृथ्वी नारायण शाहको शालिक अगाडि पुगेर उनले पूर्व राजालाई जनहत्यारा पनि भनेका छन्।

उनले फेसबुकमा यी प्रश्न हरु पनि गरेका छन्। उनी भन्छन्…

”सिन्धुलीगढीबारे आङकाजी शेर्पाको गम्भिर प्रश्नहरूl

(१) राजा जयस्थिती मल्लले बनाएको सिन्धुलीगढीमा राजा जयस्थिती मल्लको शालिक हुनु पर्ने ! तर जनहत्यारा पृथ्वीनारायण शाहको शालिक किन राखियो ?

(२) सिन्धुलीगढीमा अग्रेजसंग एक्लै युद्ध लडेको बीर नेपाली सेना सरदार बंश गुरूङलाई गोठाला भनेर किन लेखे ? जनहत्यराको शालिक हटाएर त्यो स्थानमा सरदार बंश गुरूङ शालिक राख्नु पर्छ ?

(३) सिन्धुलीगढीमा हालै बनाएको संग्रहलायमा पृथ्वीनारायण शाहको दिव्य उपदेशमा….लम्जुङलाई “गरूड”, गोर्खालाई “सर्प”, नेपाल(काठमाडौ उपत्यका) लाई “भ्यागुता” र मगरलाई टागन घोडा भनेर किन लेखियो ?

(४) नेपाली जनताको सेवामा खटिनु पर्ने २० जना नगर प्रहरीलाई राज्यले तलब, रासन दिएर जनहत्याराको शालिक हेर्ने ड्यूटीमा किन खटायो ?”


प्रतिक्रिया दिनुहोस्