एमाले प्रवेश गरेकी अभिनेत्री करिश्मा मानन्धरको फेसबुक नाम ‘सूर्य कुमारी’

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहिबार  १० : ५५


काठमाडौं। नेपालकी चर्चित अभिनेत्री करिश्मा मानन्धर हालै एमाले प्रवेश गरेकी थिइन्।

एमाले प्रवेश गरेको केही समयमै उनी एमालेको चुनावी कार्यक्रममा उपस्थित भएकी थिइन्।

त्यसबेला उनले आफ्नो न्वारानको नाम सुर्जे कुमारी भएको बताएकी थिइन्।

एमालेको चुनाव चिह्न सूर्य भएकाले उनले आफ्नो नाम पनि सूर्य नै भएको बताउन खोजेकी थिइन्।

यतिबेला उनले आफ्नो फेसबुक पेजको नाम नै परिवर्तन गरेकी छिन्। पहिले उनको फेसबुक पेजको नाम करिश्मा मानन्धर मात्र थियो यतिबेला भने उनको फेसबुकको नाम करिश्मा मानन्धर ‘सूर्य कुमारी’ राखेकी छिन्।


प्रतिक्रिया दिनुहोस्