काठमाडौं । फ्रेन्च लिग वान फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा पेरिस सेन्ट जर्मेन ९पीएसजी० ले एन्जर्सलाई ३–० अन्तरले पराजित गरेको छ ।
पीएसजीको जितमा केलियन एमबाप्पे, सर्जियो रामोस र मार्क्विन्होसले १–१ गोल गरे । खेलमा चोटका कारण स्टार खेलाडीद्वय लियोनल मेस्सी र नेयमारले विश्राम पाएका थिए ।
यसै खेलमा उपाधि चुम्ने लक्ष्य बनाएको पीएसजीका लागि अर्को खेल कुर्नु पर्ने भएको छ । दोस्रो स्थानको मार्सेलीले बुधबार राति नै जित निकालेपछी पीएसजीले अर्को खेल कुर्नुपर्ने भएको हो ।
जितसँगै पीएसजीले ३३ खेलबाट ७७ अंक बनाएको छ । मार्सेलीको ६२ अंक छ ।