भ्रमण वर्ष सफल पार्न अनेरास्ववियुले सबै कार्यकर्ता परिचालन गर्ने

प्रकाशित मिति : २६ मंसिर २०७६, बिहिबार  ९ : ५१


कञ्चनपुर ।  सत्तारूढ दल नेकपा निकट अनेरास्ववियूले नेपाल भ्रमण वर्ष सफल पार्न आफ्ना सम्पुर्ण नेता, कार्यकर्ता र आम विद्यार्थीलाई परिचालित हुन आह्वान गरेको छ ।

अनेरास्ववियूका केन्द्रीय सहसंयोजक रञ्जित तामाङले नेपाल भ्रमण वर्ष राष्ट्रिय गौरवको उत्सव भएकाले नेता कार्यकर्तालाई स्वयंसेवकका रुपमा परिचालित गर्ने निर्णय भएको जानकारी दिनु भयो । 

तामाङले नेपाल भ्रमणमा आउने विदेशी पाहुनाहरुलाई आआफ्नो ठाउँमा न्यानो आतिथ्यता प्रदान गर्न विद्यार्थीहरुले अग्रभागमा रहेर स्वयंसेवकीय भुमिका निर्वाह गर्ने बताउनु भयो । 

देशभरका पर्यटकीय स्थलहरुमा अनेरास्ववियुले नियमित रुपमा सरसफाई कार्यक्रम समेत गर्ने उहाँले बताउनु भयो ।

उहाँले सामाजिक संजाल मार्फत नेपाल भ्रमण वर्षको व्यापक प्रचारप्रसार गर्न पनि विद्यार्थीहरुलाई निर्देशन दिनु भएको छ ।

बिहिबार महेन्द्रनगरमा आयोजित अनेरास्ववियूको अगुवा कार्यकर्ता भेलामा  तामाङले अबको दुई हप्ता भित्र अनेरास्ववियूको एकताले पुर्णता पाउने समेत बताउनु भयो । 

कार्यक्रममा अनेरास्ववियूका नेताहरु सुरेन्द्र बस्नेत , सुनिता वराल , तिलकराज भण्डारी र एलवि सिंहले एकतालाई चांडै टुंगो लगाउनुपर्ने धारणा राख्नु भएको थियो ।


प्रतिक्रिया दिनुहोस्