कुमारी जब र मैनादेवी फाउन्डेसनबीच सहकार्य

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहिबार  १० : ३८


काठमाडौं । कुमारी जब र मैनादेवी फाउन्डेसनबीच सहकार्य भएको छ । काठमाडौं ट्रयास कलेक्सन रेस २०२२ को लागि कुमारी जब र फाउन्डेसनबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

सम्झौताअनुसार कुमारी जब यस कार्यक्रमको आधिकारिक करियर पार्टनर समेत रहेको छ । काठमाडौँ ट्रयास कलेक्सन रेस २०२२ एक दिने कार्यक्रम हो । यस कार्यक्रममा सहभागीहरूले ९० मिनेटमा ६ किलोमिटर दौँडदै फोहोर सङ्कलन गर्नुपर्ने हुन्छ ।

कार्यक्रममा सहभागीहरूले दुई जनाको टोली बनाउनुपर्नेछ र तोकिएको समयभित्र सबैभन्दा बढी फोहोर सङ्कलन गर्ने ५ वटा टोलीलाई विजेता घोषणा गरिनेछ ।यो रेसमा सबै सहभागी हुन सक्नेछन् र यसमा सहभागी हुन पे वेल एप मार्फत निःशुल्क रुपमा दर्ता गर्न सकिन्छ ।

यहि वैशाख १० गते शनिबार बिहान ७ बजे इम्पेरियल बिजनेस कलेज, हात्तीसारबाट शुरु हुने दौडका विजेताले ५० हजार नगद पुरस्कार जित्ने मौका पाउनेछन् ।


प्रतिक्रिया दिनुहोस्