काठमाडौं । चर्चित सञ्चारकर्मी रवि लामिछानेले नयाँ नेता छान्ने 'द लिडर' नामक टेलिभिजन कार्यक्रम सञ्चालन गर्ने भएका छन् ।
काठमाडौंमा विहीबार आयोजित एक कार्यक्रममा ‘द लिडर’ कार्यक्रमको घोषणा गरिएको छ।
न्यूज २४ टेलिभिजननै प्रशारण हुने उक्त कार्यक्रमको निर्णायकका रुपमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, पूर्व प्रधान्यायाधीश सुशीला कार्की र रवीन्द्र मिश्र हुनुहन्छ ।
त्यस्तै बाँकी दुई जना निर्णायकहरु दर्शकको अनुरोधकोे आधारमा नियुक्त गरिने छ । कार्यक्रमको प्रस्तोताको रवी लामिछाने हुनुहन्छ ।
केहि दिन अघि लामिछानेले एउटा प्रोमो मार्फत नयाँ केहि गर्न लागेको जानकारी दिनु भएको थियो ।