विकिलिक्सका असान्जलाई अमेरिका सुपुर्दगी गरिने, हुनेछ १७५ वर्षको जेल सजाय

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  ५ : ५०


काठमाडौं। विकिलिक्सका संस्थापक जुलियन असान्जलाई बेलायतबाट अमेरिका सुपुर्दगी गरिने भएको छ।

बेलायतको अदालतले अस्ट्रेलियाका असान्जलाई अमेरिका सुपुर्दगी गरिने फैसला गरेको हो।

अफगानिस्तान युद्धसँग जोडिएको गोप्य जानकारी सार्वजनिक गरेकोमा असान्जलाई दोषी पाइएको हो। सो जानकारी अमेरिकी सेनाको सूचनासँग सम्बन्धित थियो।

अदालतका अनुसार अमेरिकाको जेलमा अब असान्जले १७५ वर्ष जेल जीवन व्यतित गर्नुपर्ने हुन्छ।

असान्जले आफ्नो बचाउको लागि मे १८ सम्म अदालतको फैसलाविरुद्ध अपिल गर्नसक्छन्।

अदालतको यो आदेश बेलायती गृहमन्त्री प्रिति पटेल समक्ष पुग्नेछ। अमेरिका यसअघिदेखि नै असान्जलाई अमेरिका सुपुर्दगी गरिनुपर्ने बताउँदै आएको छ। सीएनएन


प्रतिक्रिया दिनुहोस्