निराजन र मिरुनाको अभिनय रहेको ‘सरुँ सरुँ लाग्यो’ गीत सार्वजनिक (भिडिओ)

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  ४ : ४८


काठमाडौं। निराजन प्रधान र मिरुना मगरले पहिलो पल्ट जोडी बाँधेको म्युजिक भिडियो ‘सरुँ सरुँ लाग्यो’ सार्वजनिक भएको छ।

राजेश पुमा राईको निर्देशन रहेको गीतमा चियाबारीका सुन्दर दृश्यमा मायाको कुरा गरेका छन्।

राजनराज सिवाकोटीको संगीत तथा स्वर रहेको गीतलाई सुमन योञ्जनले लेखेका हुन्। युगल गीतका लागि राजनराज सिवाकोटीलाई दीपा लामाले साथ दिएकी छिन्।

भिडियोमा निराजन र मिरुनाको केमेस्ट्री सुन्दर देखिएको छ। निराजन म्युजिक भिडियोबाट सिनेमातिर पाइला हाल्ने मनसायमा छन् भने मिरुनाले फिल्मपछि बल्ल म्युजिक भिडियो खेल्न थालेकी हुन्।

कमल राईले कोरियोग्राफी गरेको गीतमा दुवैले सुन्दर नृत्य गरेका छन्।

गीतलाई उत्सव दाहालले छायांकन गरेका हुन् भने सम्पादन गरेका हुन् विकास दाहालले। गीत देवीथान नामको युट्यबु च्यानलबाट आएको हो। बहुचर्चित ‘फूलबुट्टे सारी’ यही च्यानलमार्फत सार्वजनिक भएको थियो।


प्रतिक्रिया दिनुहोस्