कम्पनीले ५६ लाखको बिदा बोनस दिएपछि कर्मचारीबीच रुवाबासी

प्रकाशित मिति : २६ मंसिर २०७६, बिहिबार  ६ : ०७


काठमाडौँ । एक रियल स्टेट कम्पनीले आफ्ना कर्मचारीलाई ५० हजार डलर (करिब ५६ लाख रुपैयाँ) बिदा बोनस दिएपछि कर्मचारीबीच रुवाबासी चलेको छ। 

बोनसको चेक लिएपछि सबै स्टाफ अचम्मित भए भने कतिको आँखामा खुसीका आँखु बगेका थिए । डेली मेलमा प्रकाशित तस्वीरमा स्टाफबीच रुवाबासी नै चलेको जस्तो देखिन्छ। कम्पनीले आफ्ना सबै १ सय ९८ कर्मचारीलाई बोनस दिन १० मिलियन डलर (करिब १ अर्ब १२ करोड रुपैयाँ) खर्च गरेको छ । 

न्यूयोर्क पोष्टको रिपोर्ट अनुसार स्टाफलाई उनीहरुको कार्यकालको हिसाबले बोनस दिइनेछ तर धेरैजसो स्टाफले  ५६ लाख नै घर लैजाने बताइएको छ।

कम्पनीले शानदार प्रदर्शन गरेकोले आफूहरु कर्मचारीलाई अतिरिक्त पैसा दिन सफल भएको बताएको छ। अमेरिकाका ८ राज्यमा कम्पनीले अफिस, रिटेल स्टोर र गोदामका लागि दुई करोड स्क्वायर फिटको भवन तयार पारेको छ।विशेष कुरा के हो भने यो होलिडे बोनस कम्पनीको तर्फबाट वार्षिक रुपमा दिइने बोनसभन्दा निकै भिन्न छ ।


प्रतिक्रिया दिनुहोस्