चोरी गर्न घरमा छिरेका चोरका थिए, चोर्ने कुरा नपाएपछि गरे अनौँठो हर्कत

प्रकाशित मिति : २६ मंसिर २०७६, बिहिबार  ५ : ४४


काठमाडौँ । विश्वभर चोरीका घटना सार्वजनिक हुने गरेका छन्। तर कहिले काही चोरले गरेका हर्कतले झनै यस्ता घटनाले चर्चा पाउने गर्दछन्। यस्तो घटना भारतको मध्य प्रदेशस्थित शाजापुरमा पनि भएको छ। 

चोरले घरमा चोरी गर्ने कुनै कुरा नपाएपछि घरमालिकको नाममा चिठी लेखेर ऐनामा टाँसिदिएको भारतीय मिडिया आजतले जनाएको छ। शाजापुरस्थित एक सरकारी इन्जिनियरको घरमा रातको समयमा चोरीको प्रयास भएको थियो। तर चोरले चोर्ने खाले कुनै पनि चीज भेटेनन् । त्यसपछि चोरले मालिकलाई कन्जुस भन्दै पत्र लेखेर ऐनामा टाँसिदिए।

चोरले लेखे ‘तँ धेरै कन्जुस छन्। झ्याल फुटाएको मेहनत पनि पाइन। रात खराब भयो।’ चोरले यो लेखेको कागज ऐनामा टाँसेर फरार भए।

इन्जिनियर प्रविण सोनी त्यस दिन बाहिर गएका थिए । बिहान उनका घरेलु कामदार उठेर हेर्दा दराजहरु खुलेका थिए । कपडा र घरको सामान भुइँमा छरिएको थियो। ऐनामा मालिकलाई कन्जुस लेखेर नोट टाँसिएको देखेपछि प्रहरीलाई खबर गरेका छन्। 


प्रतिक्रिया दिनुहोस्