हेलिकप्टरमा झुन्डिएर गोहीको अण्डा खोज्न गएका व्यक्तिको रुखमा ठोक्किएर मृत्यु

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  ३ : ००


काठमाडौं। नेसनल जियोग्राफी च्यानलका लागि काम गर्ने क्रिस विल्सनको मृत्यु भएको छ।

कार्यक्रम ‘आउटब्याक र्यांगलर’का कास्ट मेम्बर ३४ वर्षे विल्सनको रुखमा ठोक्किएर मृत्यु भएको हो।

उनी कार्यक्रमको लागि गोहीको अण्डाको खोजीमा हेलिकप्टरमा चढेका थिए। उनी हेलिकप्टरमा झुन्डिएर जंगलको अवलोकन गरिरहेका थिए।

डेलीमेलका अनुसार हेलिकप्टर दुर्घटनामा पर्दा ३० मिटर तल झुन्डिएर बसेका उनको रुखमा ठोक्किएर मृत्यु भएको हो।

गत फेब्रअरी २८ मा यो घटना भएको थियो। दुर्घटनाग्रस्त हेलिकप्टर रोबिनसन आर४४ हेलिकप्टर थियो भने वेस्ट अर्नहेम ल्यान्डमा यो दुर्घटना भएको हो।


प्रतिक्रिया दिनुहोस्