इस्टर पर्वमा युक्रेनमा आक्रमण रोक्न रुसलाई राष्ट्रसंघको आग्रह

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  १ : ३९


रासस/सिन्ह्वा। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले युक्रेनमा क्रिश्चियन विदाको समय, इस्टरका समयमा कम्तीमा पनि चार दिन आक्रमण रोक्न आग्रह गरेका छन्।

उनले क्रिश्चियनको विदाका समयमा आक्रमणको कार्य नगर्न आग्रह गर्दै सो समयमा मानवीय सहायता वितरणका लागि वातावरण मिलाउन दिन आग्रह गरेका हुन्।

यही बिहीबारदेखि इस्टर सुरु हुने र आइतबारसम्म रहने भएकाले सो समयमा आक्रमणका गर्न नहुने उनको भनाइ रहेको छ।


प्रतिक्रिया दिनुहोस्