सञ्जय दत्त भन्छन्ः युवतीको अगाडि ‘कूल’ देखिन लागूपदार्थ सेवन गर्थे

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  १२ : १४


काठमाडौं। पछिल्लो समय दक्षिण भारतीय चलचित्र ‘केजीएफ च्याप्टर २’मा अधीराको भूमिका निर्वाह गरेपछि बलिउड अभिनेता सञ्जय दत्तको चर्चा झनै बढेको छ।

त्यसो त उनी पहिल्यैबाट स्टार हुन्। बलिउडमा सबैमाझ सन्जु बाबाका नामले उनी चिनिन्छन्।

यसबीचमा उनले भारतीय संचारमाध्यमसँग आफूलाई क्यान्सर लाग्दाको क्षण र विगतमा लागूऔषधमा फसेको विषयमा खुलेर कुराकानी गरेका छन्।

सन्जयका अनुसार लागू पदार्थको लतका कारण उनी रिह्याब सेन्टर समेत गएका थिए। यस विषयमा उनी भन्छन्, ‘म युवतीहरुको छेउमा पर्न एकदमै लजाउँथें। मलाई लाग्यो कि ड्रग्सको सहयोगले उनीहरुको अगाडि ‘कूल’ देखिन्छु। जसका कारण मैले ड्रग्स लिन सुरु गरें। यसपछि मलाई युवतीहरुका अगाडि आत्मविश्वास बढेको महसुस भयो।’

यस्तै उनका अनुसार क्यान्सर भएको पत्ता लागेपछि उनी दुबईमा किमोथेरापीका लागि गएका थिए। त्यतिबेला उनी ब्याण्डमिन्टन कोर्टमा दुई–तीन घण्टा खेल्थे गर्थे।

उनी भन्छन्, ‘क्यान्सरसँग लड्नका लागि डराउने होइन, त्यसको डटेर सामना गर्नुपर्छ। अब आफ्नो शरीरलाई स्वस्थ राख्नका लागि आफ्नो सोही अनुसारको रुटिनमा ढालिरहेको छु।’

यसअघि उनी क्यान्सरले गर्दा निकै दुब्लो देखिएका थिए। दैनिक भास्कर


प्रतिक्रिया दिनुहोस्