काठमाडौं। गतहप्ता युक्रेनी सेनाको आक्रमणबाट रुसी सैन्य जहाजमा ठूलो क्षति पुगेको थियो। त्यसपछि उक्त जहाज विस्तारै समुद्रमा डुब्यो।
रुसी नौसेनाको महत्त्वपूर्ण पानीजहाज डुब्नु अघिको नाटकीय तस्बिर र भिडिओ यतिबेला सार्वजनिक भएका छन्।
रुसले लगातार आक्रमण गरिरहँदा युक्रेनले रुसक्ँे मस्क्भा नामक लडाकु पानीजहाजमा आक्रमण गरेको थियो। बीबीसीकाअनुसार उक्त जहाजमा आगलागी भएपश्चात् त्यहाँ राखिएको गोलाबारुद विस्फोट भएको थियो।
लगत्तै अर्को उद्धार जहाजको सहायताले तान्दै गर्दा आँधीका कारण जहाज समुद्रमा डुबेको थियो।
युक्रेनले उक्त जहाजमाथि आफूले क्षेप्यास्त्र प्रहार गरेको बताएको थियो।