रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा बीमालेख पुनर्जागरण अभियान शुरु

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  ११ : २१


काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले बीमालेख पुनर्जागरण अभियान शुरु गरेको छ । इन्स्योरेन्सद्वारा जारी भएका र अहिलेसम्म नवीकरण नभएका इन्स्योरेन्स बीमालेखहरुका लागि पुनर्जागरण अभियान शुरु गरेको हो ।

कम्पनीबाट जारी भएका बीमालेखहरु नवीकरण नगरी व्यतित भएका बीमालेखको हकमा शतप्रतिशत बिलम्ब शुल्क छुट गर्ने व्यवस्था समेत गरिएको छ । यो योजना दुई वर्ष वा सो भन्दा कम समय व्यतित भएका बीमालेखमा मात्र लागु हुनेछ ।

यसका साथै बीमालेख अवधिभित्र एक पटक मात्र ब्याज छुटको सुविधा रहेको छ । रिलायन्स लाइफ इन्स्योरेन्सले आफ्ना ग्राहकको जीवन सुरक्षाको महत्वलाई मध्यनजर गरी बीमालेख पुनर्जागरण अभियान संचालन गरेको जनाएको छ ।

बैशाख ७ गते देखि २६ गते सम्म आफ्नो व्यतित भइसकेका बीमालेखहरु बिलम्ब शुल्क बिना नवीकरण गर्ने व्यवस्था समेत रहेको छ ।


प्रतिक्रिया दिनुहोस्