गण्डकीका अर्थमन्त्रीको गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  ९ : ५९


पोखरा । गण्डकीका अर्थमन्त्री रामजी बरालको गाडीले ठक्कर दिँदा पोखरामा एक जनाको मृत्यु भएको छ ।

अर्थमन्त्री बराल चढ्ने ग १ झ ४४५ नम्बरको गाडीले नयाँ वर्षको दिन ठक्कर दिँदा घाइते भएका तनहुँ एक्लेखेतका मीनबहादुर पाइजाको मृत्यु भएको हो ।

पोखरा महानगरपालिका– ३२ खुदीमा दुर्घटना भएको थियो । गम्भीर घाइते उनको मनिपाल अस्पतालमा उपचार भैरहेकोमा उपचारकै क्रममा मृत्यु भएको हो ।

ग १६ प ५१८१ नम्बरको मोटरसाइकलमा सवार मीनबहादुर र उनको श्रीमती घाइते भएका थिए । उनकी श्रीमतिको भने अवस्था सामान्य छ । गाडी तीब्र गतिमा भएकाले दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्