१३ बर्षीया किशोरीमाथि बलात्कार गर्ने पुरुष पक्राउ

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  ९ : ३७


काठमाडौं । फ्री-फायर गेमबाट चिनजान भएकी किशोरीलाई बलात्कार गरेको आरोपमा एक युवक प्रकाउ परेका छन्।

१३ वर्षीय नाबालिगमाथि बलात्कार गरेको आरोपमा प्रहरीले चन्द्रागिरि नगरपालिका-८ स्थित मातातीर्थबाट २७ वर्षीय महेश उदासलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार बालिका र उदासको चिनजान गेम खेल्नेबेला भएको थियो। उनीहरू एक वर्षदेखि फ्री-फायर गेम खेल्थे।

विवाहको आश्वासन दिएर पाल्पाबाट उदासले नाबालिगलाई मोटरसाइकलमा राखेर काठमाडौं ल्याएका थिए।

काठमाडौंको बसुन्धारास्थित एक होटलमा लगेर बालिकामाथि बलात्कार गरेको आरोप छ।


प्रतिक्रिया दिनुहोस्