नयाँ बर्षमा सानिमा बैंकले ल्यायो ‘डबल धमाका’ मुद्दती खाता

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  ५ : २४


काठमाडौं। सानिमा बैंकले नयाँ वर्ष-२०७९को उपलक्ष्यमा ‘डबल धमाका मुद्दती’ खाता सार्वजनिक गरेको छ।

सानिमा ‘डबल धमाका’ मुद्दती खाता व्यक्तिगत ग्राहकलाई लक्षित गरी ल्याइएको हो।

यस मुद्दतीमा ग्राहकहरुले ५ लाखको मुद्दती खाता खोल्न सक्नेछन्। ग्राहकहरुले यो योजनामा उक्त रकम साढे ६ बर्षमा दोब्बर भएर शतप्रतिशत प्रतिफल प्राप्त गर्न सक्नेछन्।

प्रतिफलमा लाग्ने कर रकम ग्राहकहरु स्वयंले ब्यहोर्नु पर्नेछ। व्यवहारिक कार्यका लागि रकम आवश्यक परेमा ९० प्रतिशतसम्मको ऋण लिन सक्ने बैंकले जनाएको छ। ग्राहकले २ लाख सम्मको निःशुल्क क्रेडिट कार्डको लागि आवेदन दिन सक्नेछन्।

यस योजना अन्तर्गत एक भन्दा बढी मुद्दती खाताहरु समेत खोल्न सक्नेछन। सानिमा बैंकको हाल सातै प्रदेशमा १२६ कार्यालय र ११५ वटा एटिएम संचालनमा रहेका छन्।


प्रतिक्रिया दिनुहोस्