१ लाख धरौटीमा छुटेकी बाइबा फेरि विवादमा, पललाई छुटाउनु पर्यो!

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  ४ : १६


काठमाडौं । पल शाह प्रकरणबारे जथाभावी बोलेपछि यसअघि प्रहरीले पक्राउ गरेकी शर्मिला वाइबा पलसँग जोडिएर पुन:विवादमा आएकी छन्।

हालै उनले सामाजिक सञ्जालमा प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटेको फोटो राख्दै पल शाहको रिहाईका लागि प्रधानमन्त्रीलाई आग्रह गरेको उल्लेख गरेकी छन्।

यसअघि बाइबालाई नाबालिग बलात्कारको अभियोगमा कारागारमा रहेका पलको पक्षमा लागेर विवादित बयान दिँएको भन्दै प्रहरीले हिरासतमा लिएको थियो।

२० दिन अघि उनलाई जिल्ला अदालत काठमाडौंले १ लाख धरौटीमा छाड्न आदेश दिएको थियो। चर्चामा आउनकै लागि फेरि उनले प्रधानमन्त्रीसँगको फोटो सामाजिक सञ्जालमा राखेकी छन्।

प्रधानमन्त्रीको सचिवालयले भने पलबारे प्रधानमन्त्रीसँग कुनै कुरा नभएको भन्दै आपत्ति जनाएको छ। प्रधानमन्त्रीलाई भेट्न नेपाली कांग्रेस मकवानपुरको टोली बालुवाटार पुगेका बेला सोही टोलीमा आएकी बाइबाले फोटो खिचेको प्रधानमन्त्री सचिवालयको भनाई छ।


प्रतिक्रिया दिनुहोस्