नवराज कलौनीको नयाँ गीत ‘बसन्ती’ सार्वजनिक (भिडियोसहित)

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  ३ : २१


काठमाडौं । आकाश श्रेष्ठ र सिर्जना कार्की अभीनित ‘बसन्ती’ बोलको नयाँ गीत सार्वजनिक भएको छ। सार्वजनिक गीतलाई आकाश पाण्डेले निर्देशन गरेका हुन्। आकाश र सिर्जनाबाहेक गीतमा रन्जित सिंहको पनि अभिनय देख्न सकिन्छ।

माया प्रेमको भाव पस्कने गीतमा नवराज कलौनी र विद्या तिवारीको स्वर रहेको छ भने गीतमा संगीत राजेन्द्र भट्टको रहेको छ। गीतको शब्द रचना पनि नवराजकै हो।

ज्ञानेन्द्र शर्माको छायांकन रहेको गीतलाई अर्जुन भुसालले कोरियोग्राफ गरेका हुन्। गीतमा मोहित मुनालको एरेन्ज र विकास ज्ञवालीको सम्पादन रहेको छ।


प्रतिक्रिया दिनुहोस्