काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कात्तिक २६ मा माधव नेपाललाई बालुवाटारमा बोलाएर तीन प्रस्ताव गर्नुभयो, १) बढ्दो तिक्तता हटाउने र हार्दिकता बढाउने, २) पार्टी कार्यालय पुननिर्माणको जिम्मा दिने र ३) कालापानी सीमा विवाद समाधान गर्न ‘विशेष दूत’का रूपमा भारत पठाउने ।
झन्डै तीन महिनाको संवादहीनता तोड्न ओलीले तारन्तार निम्तो पठाएपछि नेपाल ११ बजेतिर बालुवाटार पुग्नुभएको थियो।
चार घन्टा लामो ‘लन्चसहितको छलफल’ ओलीको पहिलो र दोस्रो प्रस्तावलाई नेपालले सहज रुपमा लिनुभयो। तेस्रो प्रस्तावमा उहाँ अचम्मित हुनुभयो।
उहाँको मनमा अनेक प्रश्न खेल्न थाले । कतै प्रधानमन्त्रीले आफूलाई थप अप्ठ्यारोमा पारेर खेलाउन चाहिरेको त छैनन् ? उहाँले पहिलो र दोस्रो प्रस्तावमा हार्दिकतापूर्वक छलफल गरे पनि तेस्रो प्रस्तावबारे जावाफ दिनुभएन्।
यत्ति भन्नुभयो, ‘तपाईंको प्रस्तावका विषयमा म अलिक सोच्छु र बेलुकीतिरसम्म जवाफ दिउँला ।’आजको अन्नपूर्ण पोस्ट दैनिकले खबर छापेको छ।