सांसद महेश बस्नेत र उत्तराखण्डका मुख्यमन्त्रीबीच भेटघाट, नेपाल भ्रमणको निम्तो

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  ८ : २९


काठमाडौं । भारतको उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामी र नेकपा एमाले सांसद महेश बस्नेतबीच भारतको देहरादुनमा भेटघाट भएको छ ।

भारतीय जनताको पार्टीको तर्फबाट मुख्यमन्त्री बनेका धामीसँग बस्नेतको भेटमा दुबै देशको हकहितका बारेमा छलफल भएको हो ।

उनीहरुले एकअर्कालाई तुलसीको बिरुवा दिएका थिए । भारतको उत्तराखण्ड र नेपालको सुदूरपश्चिम क्षोत्रमा धार्मिक पर्यटन विकासबारे छलफल भएको थियो ।

मुख्यमन्त्री धामी पशुपतिनाथले डोलेश्वर महादेवको दर्शन गर्न नेपाल आउने इच्छा व्यक्त गरेका छन् । मुख्यमन्त्रीको सचिवालयका अनुसार पूर्वमन्त्रीसमेत रहेका बस्नेतले नेपाल भ्रमण गर्न दिएको निम्तो धामीले स्वीकार गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्