दाङको एक घरमा बिस्फोट

प्रकाशित मिति : २५ मंसिर २०७६, बुधबार  ४ : ०३


काठमाडौं । दाङको गढवा गाउँपालिका– २ कोठरीस्थित घनश्याम चौधरीको घरमा बुधबार दिउँसो बम बिस्फोट भएको छ । 

घरमा कोही नभएको समयमा बिस्फोट भएको थियो। बिस्फोटपछि चौधरीको पक्की घर चिरा परेको छ।

घरको माथिल्लो तलामा गोधुली बचत तथा ऋण सहकारी संस्थाको कार्यालय थियो।

विस्फोटनबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।


प्रतिक्रिया दिनुहोस्