दाङमा प्रहरी र म्यादी प्रहरीबीच झडप, केही घाइते

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार  ४ : ४८


काठमाडौं । दाङमा प्रहरी र म्यादी प्रहरीबीच झडप भएको छ। आज बिहान मात्र एक जना म्यादी प्रहरीको मोबाइल हराएको बिषयलाई लिएर विवाद सुरु भएको थियो।

सो झडपमा कम्तीमा ५ जना घाइते भएका छन्। घाइतेहरुलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ।

तालिममा रहेका म्यादी प्रहरीहरुले प्रहरीले धेरै व्यायाम गराएर शारिरीक यातना दिएको भन्दै आन्दोलन पनि गरेपछि प्रहरी र म्यादी बीच झडप भएको हो।

दाङमा अहिले साढे ४ सय बढी म्यादी प्रहरी तालिमका लागि खटिएका छन्। थप विवरण आउन बाँकी छ।


प्रतिक्रिया दिनुहोस्