दाङमा माछा मार्न बनाएको बम पड्किँदा ५ जना घाइते

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार  ११ : ५०


दाङ। माछा मार्न बनाएको बम पड्किँदा लमही नगरपालिका–८ असानि बस्ने २७ वर्षीय आनन्द भण्डारी लगायत ५ जना घाइते भएका छन्।

घटना आइतबार बेलुकी भएको प्रहरीले जनाएको छ।

लमही नगरपालिका–८ असानिस्थित राप्ती नदीमा माछा मार्न जाँदा माछामार्न बनाएको बम हातमा नै पड्किएको थियो।

बम पड्कँदा घाइते भएपछि उपचारको लागि उनीहरुलाई लमही दाङतर्फ पठाएको थियो। उपचार पश्चात १ जना डिश्चार्ज भएका छन् भने अन्य घाइतेहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।


प्रतिक्रिया दिनुहोस्