काठमाडौं । सरकारले १३ औं सागमा स्वर्ण जित्ने खेलाडीलाई ९ लाख रुपैया दिने घोषणा गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार दिउँसो बालुवाटारमा बधाई दिन बोलाएर विशेष पुरस्कारको घोषणा गर्नु भएको हो ।
प्रधानमन्त्रीले साग प्रतियोगितामा दुईभन्दा बढी स्वर्ण जित्ने खेलाडीलाई जनही ११ लाख, एउटा मात्र स्वर्ण जित्नेलाई ९ लाख, रजत विजेता खेलाडीलाई ६ लाख र कास्य जित्ने खेलाडीलाई तीन लाख रुपैयाँ सरकारको तर्फबाट दिने घोषणा गर्नुभएको छ ।
अघिल्लो सागमा भने सरकारले स्वर्ण विजेतालाई पाँच लाख, रजतलाई तीन र कास्यलाई दुई लाख दिएको थियो ।
काठमाडौंमा मंगलबार सकिएको १३ औं सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कांस्यपदक प्राप्त गरेको थियो ।