निर्मल पुर्जाको ‘बियोण्ड पसिबल’ किताब नेपाली भाषामा छापिने

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार  ११ : २४


काठमाडौं। निम्स दाई भनेर संसारभर चिनिने नेपालका निर्मल पुर्जा मगरको पुस्तक ‘बियोण्ड पसिबल’ नेपाली भाषामा प्रकाशन हुने भएको छ।

नेपालका ‘वी रिड’ प्रकाशनले यस पुस्तकलाई नेपाली भाषामा प्रकाशन गर्नेछ।

बेलायतको चर्चित म्यागेजिन द सन्डे टाइम्सका अनुसार हाल विश्वमा सर्वाधिक विक्री भएकामध्येमा निर्मत पुर्जाको पुस्तक बियोन्ड पोसिबल पर्दछ।

विभिन्न म्यागजिनमा किताबको बारे राम्रो समिक्षा गरिएको छ। अमेजन र गुडरिड्स जस्ता साइटहरुमा पनि किताबले ४.५ को रेटिङ पाएका छ।

हालसम्म यो पुस्तक फ्रेन्च, बुलगेरियन, इटालियन, स्पेनिस, पोलिस, रसियन र अग्रेंजीलगायत ७ वटा भाषामा प्रकाशित भइसकेको छ। ३२० पृष्ठको यो पुस्तक नोभेम्बर १२, २०२० को दिन विश्वबजारमा आएको थियो।

निर्मल पुर्जा नेपालको म्याग्दी जिल्ला, अन्नपूर्ण गाँपालिका ३, दाना भन्ने ठाँउमा सन् १९८३ मा जन्मिएका हुन्। ब्रिटिस सेनामा १६ वर्ष काम गरेका निर्मलले १० वर्ष युके स्पेशल फोर्सेस यूकेएसएफमा बिताएका थिए।

पुर्जा एक कीर्तिमानी हिमाल आरोही हुन्। उनले ७ महिनाभन्दा कम अवधि १८९ दिनमा समुद्री सतहबाट ८ हजार मिटरभन्दा अग्ला संसारका सबै १४ वटा हिमालको सफल आरोहण गरेका हुन्।


प्रतिक्रिया दिनुहोस्