राष्ट्रिय चलचित्र पुरस्कारः दीपकराज गिरी उत्कृष्ट अभिनेता, सुरक्षा पन्त उत्कृष्ट अभिनेत्री

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार  १० : ३०


काठमाडौं। राष्ट्रिय चलचित्र पुरस्कारबाट दीपक राज गिरी उत्कृष्ट अभिनेता र सुरक्षा पन्त उत्कृष्ट अभिनेत्रीको रुपमा सम्मानित भएका छन्।

चलचित्र विकास बोर्डले आयोजना गर्दै आएको पुरस्कारबाट उनीहरु सम्मानित भएका हुन्। आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीद्ले पुरस्कार हस्तान्तरण गरेकी थिइन्।

चलचित्र विकास बोर्डले २०७६–२०७७ को राष्ट्रिय चलचित्र पुरस्कार वितरण गरेको हो। कोरोनाका कारण त्यसबेला पुरस्कार वितरण गर्न सकिएको थिएन।

सुरक्षा पन्तले ‘आमा’ फिल्मबाट उत्कृष्ट अभिनेत्री र दीपकराज गिरीले ‘छ माया छपक्कै’ बाट उत्कृष्ट अभिनेताको पुरस्कार पाएका हुन्।


प्रतिक्रिया दिनुहोस्