एफए कपः उपाधिका लागि चेल्सी र लिभरपुल भिड्ने

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार  ९ : ३५


काठमाडौं। एफए कप फुटबल उपाधिका लागि चेल्सी र लिभरपुल भिड्ने भएका छन्।

आइतबार राति भएको दोस्रो सेमिफाइनलमा चेल्सी विजयी भएसँगै फाइनल पुग्ने दुई टोलीको टुंगो लागेको हो।

यसअघि लिभरपुलले म्यानचेस्टर सिटीलाई ३(२ अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो।

चेल्सीले क्रिस्टल प्यालेसलाई २(० अन्तरले हरायो । चेल्सीलाई जित दिलाउन रुबेन लोफ्ट्स चिक र मासन माउन्टले १–१ गोल गरे।

दुबै गोल दोस्रो हाफमा सम्भव भएको थियो । ६५औं मिनेटमा रुबेनले गोल गर्दा ७६औं मिनेटमा माउन्टले गोल गरेका थिए।


प्रतिक्रिया दिनुहोस्