काठमाडौं । पोखरा प्रिमियर लिग (पिपिएल) टी २० क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
पोखरामा फ्रेन्चाइज टी २० क्रिकेट लिग भित्र्याएर पहिलो सिजन सफल रुपमा आयोजना गरेको क्विन्स इभेन्ट म्यानेजमेन्टले दोस्रो सिजनमा पनि ६ सहरका ६ फेन्चाइज टिको सहभागिता रहने जनाएको छ । प्रतियोगिता मंसिर २८ गतेदेखि पुस १२ गतेसम्म सञ्चालन हुनेछ ।
जसमा विराटनगर टाइटन्स, पोखरा पल्टन, बुटवल बाल्स्टर, चितवन राइनोज, काठमाडौं गोल्डेन र धनगढी ब्लुज रहेका छन् ।