भक्तपुरको च्वङा गणेशमा डढेलो

प्रकाशित मिति : ४ बैशाख २०७९, आइतबार  ६ : १५


भक्तपुर। भक्तपुरको च्वङा गणेशमा आइतबार साँझ डढेलो लागेको छ । भक्तपुर नगरपालिका(१ सल्लाघारी नजिकैको धार्मिक स्थल च्वङा गणेशको जंगलमा डढेलो लागेको हो।

दमकलको सहायताले झण्डै आधामा डढेलो नियन्त्रण भएको थियो । डढेलोबाट कुनै मानवीय क्षति भने हुन पाएन । घटनास्थल नजिकै रहेका स्थानीयले समयमै दमकललाई खबर गर्दा ठूलो क्षति हुनबाट जोगिएकव छ ।

ुहामीले ४ बजेतिर डढेलो लागेको देख्यौं । म आफैँले दमकललाई फोन गरेँ,ु नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत सीईओ कृष्णभक्त दुवालले भने ।

यही नजिक सैनीक आवासयी स्कुल र भक्तपुरको पुरानो ऐतिहासिक रानीपोखरी रहेको छ । डा। इवामुरा अस्पताल सल्लाघारी भक्तपुरको उत्तरमा छ ।


प्रतिक्रिया दिनुहोस्