ओछ्यानमा क्लासमेटसँगै पल्टिएकी उनी , ब्यूँझिदा उनले नै गरे…

प्रकाशित मिति : २५ मंसिर २०७६, बुधबार  ७ : ५९


एजेन्सी । एक युवतीले आफ्नै साथीबाट आफू बलात्कार भएको आरोप लगाएकी छिन्। 

एक पार्टी सकिएपछि उनका साथीले उनलाई बलात्कार गरेको युवतीको आरोप छ। बलात्कार हुनु भन्दा पहिले ती युवतीले आफ्नो साथीसँग केही पल ओछ्यानमा बिताएकी थिइन्। दुबै एउटै ओछ्याउनमा केही बेर जोडिएर पल्टिएका थिए। यो घटना बेलायतको अक्सफोर्ड शहरको हो। क्सफोर्ड क्राउन अदालतमा अहिले यो घटनाको मुद्दा चलिरहेको छ। 

टेलिग्राफको युके रिपोर्टका अनुसार न्यायाधीसलाई यस हप्ता उक्त महिलाको अन्तर्वार्ता देखाइएको थियो । जसमा उनले ओक्सफोर्ड विश्वविद्यालयका विद्यार्थी निआल म्याकपोललाई बलात्कारको आरोप लगाइन्। तर म्याकपोलले बलात्कारको आरोप अस्वीकार गरे।

यो घटना अप्रिल २०१७ को हो। तर अहिले पनि यो घटनाका बारेमा अदालतमा मुद्दा चलिरहेको छ। जब उनी निद्राबाट ब्यूँझिइन, तब उनले म्याकपललाई आफैसँग फेला पारिन् । जसले उनलाई बलात्कार गरिरहेका थिए । उनले भनिन्, त्यो रात म रक्सी पिएर धेरै नै नशामा थिए।

उक्त महिलाले पुलिसलाई भनिन्, बलात्कारपछि म्याकपोलले भनेका थिए, यो दुर्भाग्यपूर्ण घटना भयो। पछि, म्याकपोलले महिलालाई सन्देश पठाएका थिए जसमा उनले लेखेका थिए, यो वास्तवमै कल्पनै गर्न नसक्ने घटना छ। घटनाको समयमा म्याकपल २४ वर्षका थिए। ती दुई एक आपसी मित्रको माध्यमबाट सम्पर्कमा आएका थिए।

महिलाले पुलिसलाई यो पनि भनिन् की उनी त्यस बेला आफ्नो प्रेमीसँग खुला सम्बन्धमा थिइन् र दुबैले एक अर्कासँग सम्बन्ध नबनाउने नियम बनाएका थिए। ती महिलाले भनिन्, मेरो तत्कालीन प्रेमीले म्याकपललाई चिन्थे, त्यसैले मैले म्याकपललाई यौन सम्पर्कका लागि स्वीकार गर्न सक्दिन थिए।

उक्त महिलाले भनिन्, घटनाको केही अगाडि पार्टीमा म्याकपललाई चुम्बन गरेकी थिइन् र यो कुरा उनको प्रेमीलाई थाहा थियो । तर पनि ऊ रिसाएको थिएन। पछि, अर्को पार्टी पछि, महिलाले म्याकपोललाई घरमा बस्न अनुमति दिएकी थिइन्। ती दुबै ओछ्यानमा पल्टिएका थिए । तर पछि ती महिला अलगै सुत्न गएकी थिइन्। 


प्रतिक्रिया दिनुहोस्