साईप्रसमा एक नेपालीको मृत्यु

प्रकाशित मिति : २५ मंसिर २०७६, बुधबार  ७ : ३४


काठमाडौँ । साइप्रसमा एक नेपाली विद्यार्थीको ज्यान गएको छ।साईप्रसको पापोस शहरमा झापा जिल्लाको दमक स्थायी घर भएका २३ वर्षीय धकराज कार्कीको ज्यान गएको हो। 

साइप्रस प्रहरीका अनुसार कार्की आइतबार बिहान आफ्नो कोठामा झुन्डिएको अवस्थामा फेला थिए। उनी ६ महिनाअघि विद्यार्थी भिसामा साईप्रस पुगेका थिए। कार्की निकोसिया सहरको सिटी युनिटी कलेजमा पढिरहेका थिए।

कार्कीले परिवारको आर्थिक स्थिति कमजोर भएको र त्यहाँ काम पाउन समस्या परेकाले मानसिक तनावका कारण  आत्महत्या गरेको प्रारम्भिक अनुमान गरिएको छ।


प्रतिक्रिया दिनुहोस्