जङ्गली हात्तीको आतंक, एक महिलाको ज्यान लियो, छ घाइते

प्रकाशित मिति : २५ मंसिर २०७६, बुधबार  ६ : ५५


जङ्गली हात्तीको आक्रमणबाट कञ्चनपुरको महाकाली नगरपालिका–२ मा अवस्थित मायापुरी सामुदायिक वनमा एक महिलाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले  नगरपालिका–२ का ३८ वर्षीया वसन्ती भट्टको  आज विहान मृत्यु भएको जानकारी दिनुभयो। 

स्थानीय ललिता बोहरा, सुनिता विष्ट, उमा साउँद र सुशीला बम घाइते आक्रमणबाट हुनुभएको छ। उहाँहरु बिहान घाँस काट्न जङ्गल जाँदा  हात्तीको आक्रमणमा पर्नुभएको थियो। 

इलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रमुख प्रहरी निरीक्षक चेतराम पनेरुले घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको र उपचारका लागि भारतको खटिमा पठाइएको जानकारी दिनुभयो। उहाँले एकजना जङ्गलमा हराइरहेको हुँदा खोजीकार्यमा स्थानीय र प्रहरी जुटिरहेको जानकारी दिनुभयो।


प्रतिक्रिया दिनुहोस्