रविना देशराज श्रेष्ठ मेगा बैंकको कामु प्रमुख कार्यकारी अधिकृतमा नियुक्त

प्रकाशित मिति : ४ बैशाख २०७९, आइतबार  २ : ०१


काठमाडौं। मेगा बैंक नेपालको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा रविना देशराज श्रेष्ठ नियुक्त भएकी छन्।

विगत ३१ वर्षदेखि नेपालको बैंकिङ सेवामा समर्पित श्रेष्ठ मेगा बैंकको स्थापनाकालदेखि नै उच्च व्यवस्थापन तहमा कार्यरत छिन्।

उनी अभिनेत्री प्रियंका कर्कीकी सासु आमा पनि हुन्। राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रबल जनसेवाश्री चुतर्थबाट विभुषित श्रेष्ठले एसियास्तरीय ‘२१ सेञ्चुरी गोल्डेन फोनिक्स अवार्ड’ लगायत चार वटा अन्तर्राष्ट्रिय अवार्ड तथा बैंकिङ र सामाजिक क्षेत्रका थुप्रै पुरस्कार र सम्मान समेत पाइसकेकी छन्।


प्रतिक्रिया दिनुहोस्