रुस भन्छः पश्चिमा देशको हतियारले भरिएको युक्रेनी विमान आक्रमण गरी खसायौं

प्रकाशित मिति : ४ बैशाख २०७९, आइतबार  ११ : ४१


काठमाडौं। पश्चिमा राष्ट्रहरुको हतियारले भरिएको युक्रेनी विमानलाई आक्रमण गरेर खसाएको रुसले दाबी गरेको छ।

तास समाचार संस्थाले रुसको रक्षा मन्त्रालयलाई उदृत गर्दै यो खबर सार्वजनिक गरेको हो।

समाचारमा मन्त्रालयका प्रवक्ता मेजर जनरल इगोर कोनासेनकोभले युक्रेनको दक्षिण–पश्चिमी ओडेसा शहर नजिकै हतियार सम्पन्न विमान खसाएको जनाएका छन्।

गएको २४ घण्टामा युक्रेनका एक दर्जनभन्दा बढी क्षेत्रमा आफूले कारवाही गरेको र त्यसमा युक्रेनी हतियार र सैनिकलाई ठूलो क्षति भएको रुसी भनाइ छ। बीबीसी


प्रतिक्रिया दिनुहोस्