उत्तरद्वारा नयाँ आणविक क्षमताको क्षेप्यास्त्र परीक्षण, रुसबाट चिन्तित पश्चिमालाई थप झट्का

प्रकाशित मिति : ४ बैशाख २०७९, आइतबार  ११ : २०


काठमाडौं। उत्तर कोरियाले नयाँ क्षेप्यास्त्रको सफलतापूर्वक परीक्षण गरेको जानकारी दिएको छ।

नयाँ क्षेप्यास्त्रले आफ्नो सैन्य क्षमता थप वृद्धि भएको पनि प्योङयाङले आइतबार बताएको छ। जानकारहरुका अनुसार उत्तर कोरियाले पछिल्लो सयम परीक्षण गरेको क्षेप्यास्त्र साना परमाणु हतियार आफूसँगै लैजान सक्षम छ।

यो देखिन्छ कि उत्तर कोरियाले परमाणु हतियारको परीक्षणको तयारीलाई तिव्रता दिइरहेको छ। गत शुक्रबार उत्तर कोरियाका सवंस्थापक नेता किम इल–सङको जन्म जयन्तीको मौकामा क्षेप्यास्त्र परीक्षण भएको बताइएको छ।

उत्तर कोरियाली सरकारी समाचार संस्था केसीएनएका अनुसार सर्वोच्च नेता किम जङ उनले नयाँ क्षेप्यास्त्र प्रणालीको अवलोकन गरेका थिए। बयानमा उत्तर कोरियाले लामो दुरीको हतियार क्षमतामा अत्यधिक सुधार आएको पनि जनाइएको छ।

पछिल्लो समय रुसले युक्रेनलाई आक्रमण गरिरहँदा पश्चिमा राष्ट्रहरु चिन्तित छन्। रुसले आफ्नो अस्तित्वमाथि संकट उत्पन्न भएको आभास भएमा परमाणु हतियार प्रयोग गर्ने चेतावनी दिइसकेको छ।

यस्तोमा उत्तर कोरियाको नयाँ क्षेप्यास्त्र परीक्षणले उनीहरुको चिन्तालाई थप बढाएको छ। बीबीसी


प्रतिक्रिया दिनुहोस्