भरतपुर विमानस्थल खुल्यो

प्रकाशित मिति : २५ मंसिर २०७६, बुधबार  ६ : १०


भरतपुर । भरतपुर विमानस्थल आजदेखि सञ्चालनमा आएको छ। नागरिक उड्डयन प्राधिकरण भरतपुरले धावन मार्ग मर्मतसम्भार गर्नका लागि मङ्सिर १५ गतेदेखि विमानस्थल बन्द गरेको थियो।

धावन मार्ग मर्मत र रङरोगनका काम सम्पन्न भएसँगै विमानस्थल आजदेखि सञ्चालनमा ल्याइएको कार्यालयका प्रमुख पवनकुमार गौतमले जानकारी दिनुभयो।  विमानस्थलको धावनमार्गमा मर्मतसम्भार र माथि कालोपत्रे थप गरिएको छ।

गौतमका अनुसार धावनमार्ग मर्मतसँगै भ्रमण वर्षलाई लक्षित गर्दै विमानस्थललाई आकर्षक बनाइएको छ। भरतपुर विमानस्थलबाट दैनिक बुद्ध र यतिका पाँचरपाँच वटा जहाजले काठमाडौँ र एकरएक वटा जहाजले पोखरा उडान भर्दै आएका छन्।


प्रतिक्रिया दिनुहोस्