सकियो ख्वप कलेजको साइकल यात्रा

प्रकाशित मिति : ३ बैशाख २०७९, शनिबार  ६ : १३


भक्तपुर । हरेक महिना साइकल यात्रा आयोजना गर्ने सुझावका साथ ख्वप कलेजको नयाँ वर्ष साइकल यात्रा सकिएको छ।

ख्वप कलेज देकोचा भक्तपुरको आयोजनामा साइकल यात्राको आयोजना गरिएको थियो। यात्रामा कूल १३ जना सहभागिता थिए।

पाँच जना विद्यार्थी र आठ जना प्राद्यापकले यात्रामा भाग लिएका थिए। जसमा दुई जना छात्रा पनि सहभागी थिए।

यात्रा शनिबार बिहान साढे ६ बजे ख्वप कलेजबाट सुरु भएको थियो। यात्रा कलेजबाट भक्तपुर नगर हुँदै टौमढी पुगेर सूर्यविनायक पुगेको थियो। सूर्यबिनायकबाट सिपाडोल, डोर्लाङ्, डोलेश्वर हुँदै सिपाडोलस्थित सिम्पानी रेस्टुरेन्टमा ब्रेकफास्ट लिएर समापन भएको थियो।


प्रतिक्रिया दिनुहोस्