मन्त्री आलेको अगाडि सलमानका भाईको उपस्थिती असभ्य भएको टिप्पणी

प्रकाशित मिति : ३ बैशाख २०७९, शनिबार  १० : ५५


काठमाडौं। जेठ १४ गते नेपालमा सलमान खानसहित स्टार बलिउड कलाकारहरु आउँदै छन्।

सोही कार्यक्रमको विषयमा जानकारी लिन सलमानका भाई सोहेल खान बुधबार नेपाल आएका थिए। उनी, बिहिबार नै मुम्बई फर्किसकेका छन्।

सो क्रममा नेपालका पर्यटनमन्त्री प्रेम आले र सोहेलबीच कुराकानी भएको थियो। सो छलफलको एक फोटो सार्वजनिक भएको छ जहाँ सोहेल खान मन्त्री आलेका अगाडि असभ्य रुपमा बसेको भनेर टिप्पणी भइरहेको छ।

चलचित्र निर्देशक दीपेन्द्र के खनालले पनि यस विषयमा एक तस्बिर शेयर गर्दै लेखेका छन्,‘बलिउडले नेपालका केन्द्रिय मन्त्रीलाई त पेलिसके, नेपाली फिल्मको के कुरा।’

सोहेलले नेपालका मन्त्रीसँग आफू कुरा गरिरहेको छु भन्ने नै विर्सिएको भन्दै उनको आलोचना भइरहेको छ।


प्रतिक्रिया दिनुहोस्