काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले१३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा पदक विजेता खेलाडीहरुलाई आज सम्बोधन गर्दै हुनुहुन्छ।
प्रधानमन्त्री ओलीले सागमा स्वर्ण, रजत तथा कास्य पदक जित्ने नेपाली खेलाडीलाई बधाई दिन सरकारी निवास बालुवाटारमा बोलाउनुभएको छ।
सबै खेलाडी, प्रशिक्षक तथा पदाधिकारीलाई प्रधानमन्त्री ओलीले दिउँसो सवा २ बजे बालुवाटारमा आउनका लागि निम्तो दिएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार suryaले जानकारी दिनुभएको छ।
पदक जितेर खेलाडीहरुले देशको प्रतिष्ठा र गौरव बढाएकाले उनीहरुको सम्मानमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लागेको थापाले बताउनुभयो। प्रधानमन्त्री ओलीले मंगलबार बेलुका भएको साग समापन समारोहमा भिडियो सन्देश पठाउनुभएको थियो।
साथै उहाँले आज पदक विजेता खेलाडीका लागि विशेष प्याकेजको व्यवस्था गरिएको पनि जानकारी दिनुभएको छ।
स्वास्थ्य अवस्थाका कारण प्रधानमन्त्री ओली सागमा प्रत्यक्ष रुपमा उपस्थित हुन सक्नुभएको थिएन्। उहाँको मंगलबार बेलुका नै नियमित डायलासिस गरिएको छ।
१३ औँ सागमा नेपाल ५१ स्वर्ण जित्दै पदक तालिकामा दोस्रो स्थानमा रह्यो । नेपालले ५१ स्वर्ण, ६० रजत तथा ९५ कास्यसहित कूल २०६ पदक हात पार्यो।