काठमाडौं । चर्चित गायिका मेलिना राईले आफ्नो हुनेवाला श्रीमानको तस्विर सार्वजनिक गरेकी छन्।
उनले म्युजिक एरेन्जर तथा चर्चित गिटारिस्ट सञ्जीव बराइलीसँग बिहे गर्ने भएकी छन्।
शुक्रबार उनीहरुले इन्गेज्मेन्ट पनि गरेका छन्। मेलिनाले फेसबुक पेजमार्फत सञ्जीवसँगको तस्बिर सार्वजनिक गर्दै बिहे गर्न लागेको जानकारी दिएकी छन्।
उनीहको विवाह हुने मिति भने सार्वजनिक गरिएको छैन।