सुनिता डंगोलले सार्वजनिक गरिन् काठमाडौं विकासका आठ खम्बे विकास मोडल

प्रकाशित मिति : २ बैशाख २०७९, शुक्रबार  ५ : १३


काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिने बताएकी सुनिता डंगोलले विकासका आठ खम्बे मोडल सार्वजनिक गरेकी छन्।

उनले शुक्रबार काठमाडौं विकासका लागि आठ खम्बे विकास मोडल सार्वजनिक गरेकी हुन्।

३० वैशाखमा हुन लागेको स्थानीय तह निर्वाचनका लागि उनले काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवारी दिन लागेकी छन्। स्वच्छ वातावरण, यातायात व्यवस्थापन, राजधानीका रूपमा पूर्वाधार विकास, सांस्कृतिक नगर, सामाजिक विकास, डिजिटल काठमाडौं, युवा, खेलकुद, रोजगारी तथा उद्यमशीलता र रिसर्च एन्ड डेभलपमेन्टलाई उनले आठ खम्बे विकास मोडलको रूपमा अघि सारेकी छन्।

जसअनुसार उनले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाहरूलाई अघि सारेकी हुन्। जुन योजनाअनुसार काम गर्दा काठमाडौंलाई साँच्चिकै सुन्दर, जीवन्त, सांस्कृतिक र व्यवस्थित महानगर बनाउन सकिने उनको दाबी छ।

पूर्व मिस नेवाः समेत रहेकी डंगोलले प्रत्येक महानगरवासीका लागि अनिवार्य स्वास्थ्य विमाको प्रबन्ध मिलाउनेदेखि लिएर युवाहरूको ब्रेनड्रेन रोक्ने योजनासमेत अघि सारेकी छिन्।


प्रतिक्रिया दिनुहोस्