काठमाडौँ। लोक सेवा आयोगले ठूलो संख्यामा अधिकृत पदका लागि विज्ञापन आह्वान गरेको छ।
प्रशासन, लेखा, राजश्व, परराष्ट्र, न्याय, संसदलगायत सेवाका लागि कूल १ हजार ९६ पदमा बुधबार विज्ञापन खुलेको हो। यसमध्ये खुलाबाट ४१९ र बढुवाबाट ३२८ जनाको पदपूर्ति हुनेछ। बाँकी ३४९ जना भने विभिन्न समावेशी समूहका लागि छुट्याइएको छ।
सबैभन्दा बढी प्रशासन सेवाको सामान्य प्रशासन समूहमा ५६० जना अधिकृतका लागि विज्ञापन प्रकाशित भएको छ।
विज्ञापनमा थप जानकारी विज्ञापन