काठमाडौं। भारतमा गाँजाको लतमा फसेका एक किशोरलाई उनकी आमाले खतरनाक सजाय दिएकी छिन्।
इन्डिया टुडेका अनुसार सँधै गाँजाले मात्तिने गरेका छोराको आँखामा आमाले खोर्सानीको धुलो हालिदिएकी हुन्।
यो घटनाको भिडिओ पनि सार्वजनिक भएको छ। यो दर्दनाक घटनापछि भारतमा एउटा बहस छेडिएको छ।
केही मानिसहरुले आमाले छोराको आँखामा धुलो हालिदिएर मानवअधिकारको उल्लंघन गरेको जनाएका छन्। त केहीले आमाले छोरालाई सुधार्नकै लागि त्यसो गरेको बताइरहेका छन्।
भिडिओ
What happened when a mother found out that her 15-yr-old son was becoming a ganja addict? She came up with a unique treatment. Tie him to a pole & rub mirchi powder in his eyes & not untie him until he promises to quit. Incident in Kodad, #Suryapet dt, #Telangana. pic.twitter.com/Kw8FXaqtz7
— Krishnamurthy (@krishna0302) April 4, 2022