डब्लूएचओका प्रमुख डा. ट्रेडोस वैशाख ८ मा नेपाल आउँदै

प्रकाशित मिति : २ बैशाख २०७९, शुक्रबार  २ : २५


काठमाडौं। विश्व स्वास्थ्य संगठन डब्लुएचओका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयससले नेपाल भ्रमण गर्ने भएका छन्।

टेड्रोस स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निमन्त्रणामा यही वैशाख ८ गते नेपाल आउन लागेको मन्त्रालयका सचिव डा रोसन पोखरेलले जानकारी दिए।

टेड्रोस तीन दिनसम्म नेपालमा रहनेछन्।


प्रतिक्रिया दिनुहोस्