सेञ्चुरी बैंकको शताब्दी बचत खाता संचालनमा

प्रकाशित मिति : २ बैशाख २०७९, शुक्रबार  १ : ३४


काठमाडौं। सेञ्चुरी बैंकको शताब्दी बचत खाता संचालनमा आएको छ।

बैंकले नयाँ वर्ष २०७९ को अवसरमा बचतकर्ताको हितलाई ध्यानमा राख्दै शताब्दी बचत खाता संचालनमा ल्याएको हो।

बंैकका अनुसार शताब्दी बचत खातामा ग्राहकहरुले वार्षिक ८.०३ प्रतिशतको राम्रो व्याजदर प्राप्त गर्नेछन्। साथै ग्राहकले ७ लाख सम्मको निःशुल्क बीमा सुविधा पनि प्राप्त गर्न सक्नेछन्।

खातामा १ लाख सम्मको स्वास्थ्य बीमा, १ लाख सम्मको विभिन्न घातक रोगको बीमा र ५ लाखसम्म दुर्घटना बीमाको पनि व्यवस्था रहेको छ।

शताब्दी बचत खाता खोल्दा ग्राहकहरुले मोबाइल बैंकिंग , इन्टरनेट बैंकिङ, भिषा डेबिट कार्ड, लकर सेवा, डिम्याट खाता र मेरो शेयर निःशुल्क प्राप्त गर्नेछन्।

यो खाता बैंकको सबै शाखाहरुबाट खोल्न सकिन्छ। बैंकले १२९ शाखा, १० काउन्टर, २४ शाखारहित बैंकिङ्ग र ११३ एटिएममार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ।


प्रतिक्रिया दिनुहोस्