सागमा नेपालको स्वर्ण इतिहासः पहिलेदेखि अहिलेसम्म क-कसले जिते ? (सूचीसहित)

प्रकाशित मिति : २५ मंसिर २०७६, बुधबार  १२ : २७


काठमाडौँ । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले अहिलेसम्म ५१ स्वर्ण हात पारेको छ । अहिलेसम्म भएका सागमा नेपालले यति धेरै स्वर्ण जितेको यो पहिलोपटक हो । दक्षिण एसियाली राष्ट्रको ओलम्पिक मानिने साग प्रतियोगिता सन् १९८४ सेप्टेम्बरमा दक्षिण एसियाली महासंघीय खेलकुदको नामबाट सुरु भएको थियो । सागको पहिलो खेल नेपालमा आयोजना गरिएको थियो । नेपालबाट सुरु भएको साग अहिले १३ औँ संस्करणसम्म नेपालमै आइपुगेको छ । 

नेपालमा अहिले १३ औँ प्रतियोगिताको आयोजना भएको छ । नेपालमा साग प्रतियोगिता भएको यो तेस्रोपटक हो । यसअघि पहिलोपटक सन् १९८४ मा र दोस्रोपटक सन् १९९९ मा नेपालमा साग प्रतियोगिताको आयोजना भएको थियो । दोस्रोपटक घरेलु मैदानमा आयोजना भएको सागमा नेपालले ३१ स्वर्ण जित्दै अंकतालिकाको दोस्रो स्थानमा थियो । 

३५ वर्षपछि नेपालमा आयोजना भएको १३ औँ सागमा पनि नेपाल ५१ स्वर्णसहित दोस्रो स्थानमा छ । सागको इतिहासमा नेपालले हालसम्म १२४ स्वर्ण हात पारेको छ । १२ औँ संस्करणसम्म आइपुग्दा ७३ स्वर्ण मात्र जितेको नेपालले १३औँ संस्करणसम्म आइपुग्दा स्वर्ण संख्या १२४ पु-याएको हो । १३ औँ सागमा नेपालले स्वर्ण, रजत र कास्यसहित जम्मा २०६ पदक हात पारेको छ । जसमध्ये ५१ स्वर्ण, ६० रजत र ९५ कास्य पदक रहेका छन् ।
  
१३ औँ सागमा गौरीका सिंहले ४ वटा स्वर्ण जित्दै ऐतिहासिक रेकर्ड बनाउनुभएको छ भने मंसिर १५ गतेदेखि नेपालमा सञ्चालन भएको साग प्रतियोगिता मंगलबार अर्थात मंसिर २४ गतेसम्म सञ्जालनमा आएको हो । मंगलबार भव्य समारोहका बीच साग समापन गरिएको छ। नेपालमा तेस्रोपटक आयोजना भएको १३ औँ सागका खेल काठमाडौँ, पोखरा र जनकपुरमा आयोजना गरिएका थिए । 

पहिलो स्वर्ण ?
नेपालले सबैभन्दा पहिलो बक्सिङमा स्वर्ण पदक जितेको थियो । नेपाललाई पहिलो स्वर्ण पुष्करध्वज शाहीले दिलाउनुभएको थियो । नेपालको घरेलु मैदानमा भएको सागमा शाहले फ्लाइवेट ४८ केजी तौल समूहमा स्वर्ण पदक प्राप्त गर्नुभएको थियो । उहाँले श्रीलङ्काका रत्न सुरियालाई पराजित गर्नुभएको थियो ।  

पहिलो साग संस्करणमा अरु ककसलाई स्वर्ण ? 
बैकुण्ठ मानन्धर : एथलेटिक्स
स्व. दलबहादुृर रानामगर : बक्सिङ
स्व. पुष्करध्वज शाही : बक्सिङ
पुरुष फुटबल टिमः 
भक्त राज नकर्मी, बिदुर बिष्ट, विनय श्रेष्ठ, धिरेन्द्र प्रधान, डा. किरण राई, गणेश थापा, केदार मानन्धर, कृष्ण थापा, स्व. रुपकराज शर्मा, लोकबहादुर शाही, पवन राना मगर, राजु काजी शाक्य, श्रीराम रन्जितकार, सुरेश बस्नेत, उमेश प्रधान, यमबहादुर घले ।

दोस्रो साग 
बैकुण्ठ मानन्धर : एथलेटिक्स

तेस्रो साग 
बैकुण्ठ मानन्धर : एथलेटिक्स
स्व. दलबहादुर रानामगर : बक्सिङ

चौंथो साग

चित्रबहादुर गुरुङ : बक्सिङ

पाँचौ साग 
टेबल टेनिस महिला टिम : गीता क्षेत्री, सिजरिन शाह, पूजा थापा, निलम तुलाधर ।
अनिता श्रेष्ठ : सुटिङ
छैटौं साग 
पुरुष फुटबल टिम 

सातौं साग 
टीका बोगटी : एथलेटिक्स
रमेश बस्नेत : जुडो
बिटबहादुर राणा : जुडो
जीतबहादुर चौधरी : जुडो

आठौं साग 
प्रकाश थापा मगर : बक्सिङ
रामचन्द्र थापा मगर : बक्सिङ
रबि महर्जन : कराते
दीपक श्रेष्ठ : कराते
भोजमान मोक्तान : कराते
सुरेन्द्रलाल श्रेष्ठ : कराते
राजेश श्रेष्ठ : कराते
कृष्ण गुरुङ :कराते
प्रिती डंगोल :कराते
प्रवीण राणा, गोपीलाल बम्जन, कृष्ण राई, बिजय लामा– टिम कराते
गंगाा राम महर्जन : कराते
निता राई : कराते
जुनु राई : कराते
बिनिता चौधरी :कराते
सोना थापा, तेजु गुरुङ, बिना सुवाल, अञ्जु हाच्छेथु : टिम कराते
रुना प्रधान, नयना शाक्य, रुबिना प्रधान, स्तुति सिंह : टिम स्वीमिङ
संगीना वैद्य : तेक्वान्दो
रेनुका रानामगर : तेक्वान्दो
सबिता राजभण्डारी : तेक्वान्दो
प्रमिला थापा : तेक्वान्दो
बन्दना श्रेष्ठ : तेक्वान्दो
रितु जिमी राई : तेक्वान्दो
किशोर श्रेष्ठ : तेक्वान्दो
अशोककुमार लामा : तेक्वान्दो
कोसिस खड्का : तेक्वान्दो
दीपक विष्ट : तेक्वान्दो
रबि उज्वल थपलिया : तेक्वान्दो
कमल क्षेत्री : तेक्वान्दो
राजकुमार राईः तेक्वान्दो
सीता राई : तेक्वान्दो

नवौं साग 
दीपक श्रेष्ठ : कराते
संगीना वैद्यः तेक्वान्दो
रुपा स्याङदेनः तेक्वान्दो
दीपक विष्टः तेक्वान्दो
निर्मल श्रेष्ठः तेक्वान्दो
रेनुका रानामगरः तेक्वान्दो
निरञ्जन श्रेष्ठः तेक्वान्दो

१० औं साग 
कमलबहादुर अधिकारी : भारोत्तोलन
बिना लामा खड्का : उसु
राजकुमार रसाइलीः उसु
सुलोचना सिज्वाखः कराते
कुशल श्रेष्ठ: कराते
राजेन्द्र भण्डारी: एथलेटिक्स
राजेन्द्र भण्डारी : एथलेटिक्स
मनिता शाही : तेक्वान्दो
दीपक विष्टः तेक्वान्दो

११ औं साग 
राजेन्द्र भण्डारी :  एथलेटिक्स
बिनोद शाक्य: कराते
गंगादेवी अधिकारी: कराते
सुनिल लामा: कराते
आयशा शाक्य: तेक्वान्दो
दीपक विष्ट: तेक्वान्दो
आङबाबु लामा: उसु
बिनिता महर्जन: उसु

१२ औं साग 
फुपु ल्हामु खत्री : जुडो
निमा घर्ती मगर: उसु
नेपाली फुटबल टिमः अनन्त तामाङ, विकेश कुथु, अमृत चौधरी, अन्जन बिष्ट, बिक्रम लामा, विमल घर्ति मगर, विराज महर्जन, विशाल राई, दिनेश राजवंशी, हेमन गुरुङ, कमल श्रेष्ठ, जगजित श्रेष्ठ, मान बहादुर तामाङ, नवयुग श्रेष्ठ, प्रकाश बुढाथोकी, रन्जन बिष्ट, सुमन लामा, आदित्य चौधरी, एलेन न्यौपाने

१३ औँ साग 
यी हुन् १३ औं सागमा नेपाललाई स्वर्ण दिलाउने खेलाडी 

१. मण्डेकाजी श्रेष्ठ– (पुरुष एकल काता) कराँते
२. मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ र प्रवीण मानन्धर (पुरुष टिम काता) कराँते 
३. निर्मला तामाङ, संगीता मगर र सरु कार्की– (महिला टिम काता) कराँते
४. लक्ष्मण तामाङ– (५५ केजी) कराँते
५. विल्पवलाल श्रेष्ठ– (८४ केजीमाथि) कराँते 
६. कुसुम खड्का– (४५ केजीमुनि) कराँते
७. अनु अधिकारी– (५० केजीमुनि) कराँते
८. नवीन रसाइली– (६७ केजी) कराँते
९. सुनिता महर्जन– (६८ केजी) कराँते
१०. अनुपमा मगर– (६८ केजी) कराँते
११. कलम श्रेष्ठ– (२३–२९ वर्ष) तेक्वान्दो पुम्से
१२. सिना मादेन लिम्बू– (१७–२३ वर्ष) तेक्वान्दो पुम्से
१३. पार्वती गुरुङ– (२३–२९ वर्ष) तेक्वान्दो पुम्से
१४. आयशा शाक्य– (२९ वर्षमाथि) तेक्वान्दो पुम्से
१५. आयशा शाक्य र सञ्जिवकुमार पाण्डे– (२९ वर्षमाथि) तेक्वान्दो पुम्से
१६. निशा दर्नाल, स्वस्तिका तामाङ र सञ्जिला तिमल्सिना– (१७–२३ वर्ष) पुम्से महिला टिम
१७. निता गुरुङ, प्रशंसा क्षेत्री र सुशिला राई– (२३–२९ वर्ष) पुम्से महिला टिम
१८. काजल श्रेष्ठ– (४६ केजीमुनि) तेक्वान्दो 
१९. वीरबहादुर महरा– (६८ केजीमुनि) तेक्वान्दो
२०. सोनी गुरुङ – ट्रायथलन
२१. हिमाल टमाटा– डुवालोथन
२२. विजय सिञ्जाली– उसु (थाउलो)
२३. सुस्मिता गुरुङ– उसु (थाउलो)
२४. दीपक हमाल– उसु (थाउलो)
२५. सन्तोषी श्रेष्ठ– एथलेटिक्स (१० हजार मिटर) 
२६. राजेश मगर– साइक्लिङ (डाउनहिल)
२७. निश्मा श्रेष्ठ– साइक्लिङ (डाउनहिल)
२८. संगीता बस्याल– (६२ केजीमुनि) तेक्वान्दो
२९. सक्षम कार्की– तेक्वान्दो
३०. निमा घर्ती मगर ( उसु
३१. लक्ष्मी मगर– साइक्लिङ
३२. बुद्धिबहादुर तामाङ– साइक्लिङ
३३. सञ्जु चौधरी ( भारोत्तलन
३४. गौरिका सिंह ( पौडी
३५. जुनी राई ( उसु
३६. भुपेन श्रेष्ठ– तेक्वान्दो
३७. गोपीचन्द्र पार्की– दौड 
३८. सुवास तामाङ– गल्फ (व्यक्तिगत)
३९. सुवास तामाङ, शुक्रबहादुर राई, टंकबहादुर कार्की र निरज तामाङ–  गल्फ (टिम इभेन्ट) 
४०. विकास थापा– भारोत्तोलन
४१. गौरिका सिंह– पौडी
४२. किरणसिंह बोगटी– म्याराथन
४३. संगीता धामी– कुस्ती
४४. गौरिका सिंह( पौडी
४५. देविका खड्का( जुडो
४६. मिनु गुरुङ( बक्सिङ
४७. भूपेन्द्र थापा( बक्सिङ
४८. पुनम श्रेष्ठ( जुडो
४९. गौरिका सिंह( पौडी
५०. सनिल शाही ( बक्सिङ
५१. पुरुष फुटबल टिम

माथिको देखाइएको स्वर्ण तालिका हेर्ने हो भने नेपालले १३ औँ सागमा निकै राम्रो खेलेको छ । विदेशी भूमिमा भन्दा घरेलु मैदानमा खेलेका खेलमा नेपालले राम्रो नतिजा प्राप्त गरेको छ । आफ्नै भूमिका खेल्दा नेपालीको माया र समर्थनले खेलाडीमा जित्नका लागि थप उर्जा थपेको स्वर्ण तालिकाबाट प्रष्ट हुन्छ ।  
 


प्रतिक्रिया दिनुहोस्